Sunday, September 27, 2026
Home अर्थ शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

65

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ओरालो लागेको छ।

सोमबार नेप्से सूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

सोमबार कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ। आइतबार कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ। हाइड्रोपावर र फाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

नेप्से घटे पनि सोमबार युनाइटेड इडी मार्दीको शेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ। यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ। नविल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।