Tuesday, September 22, 2026
Home खेलकुद साफ यू-२०ः श्रीलंका पराजित, भारतको पहिलो जित

साफ यू-२०ः श्रीलंका पराजित, भारतको पहिलो जित

58

काठमाडौँ । साफ यू-२० च्याम्पियनसिपमा साविक विजेता भारतले पहिलो जित निकालेको छ। भुवनेश्वरस्थित कांलिगा स्टेडिएममा शुक्रबार भएको खेलमा भारतले श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो।

खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले १ गोल गरेको थियो। भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रा र गुर्किरत सिंहले १-१ गोल गरे। खेल अवधिभर एकतर्फी दबाब बनाएको भारतले श्रीलंकाविरुद्ध निरन्तर आक्रमण बुनेको थियो। काउन्टर अट्याकमा केही अवसर सिर्जना गरे पनि श्रीलंकाले गोल गर्न सकेन। भारतले खेलको ५०औँ मिनेटमा पहिलो गोल गरेको थियो। पार्थिवको क्रसमा हिमांशुले हेडरमार्फत गोल गरेका थिए। ६९औं मिनेटमा पार्थिवको सुन्दर गोलमा भारतले अग्रता दोब्बर पार्यो।

७४औँ मिनेटमा हिमांशुको प्रहार श्रीलंकाका डिफेन्डरले हातले रोकेपछि भारतले पेनाल्टी पायो। उक्त पेनाल्टीमा गुर्किरतले गोल गरे। इन्ज्युरी समयमा गुर्किरतको पासमा पार्थिवले सहजै गोल गर्दै सानदार जित दिलाए। भारतको २ खेलमा ३ अंक छ। नेपाल र बंगलादेश २ खेलमा ६ अंकसाथ शीर्ष २ स्थानमा छन्। गोलअन्तरमा नेपाल अघि छ। हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। नेपालले ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।