Tuesday, September 22, 2026
Home अपराध लागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

176

महोत्तरी । प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरूपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो।

कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।