एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासन गर्ने

71

काठमाडौं । एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ । सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो ।

बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ ।

यो ऋणपत्र ६ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०।५ प्रतिशत ब्याज पाउनेछन् । बैंकले ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ । यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ५।५ प्रतिशत ब्याज पाउनेछन् । यी दुवै ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।