पालिका परिचयः नार्पा भूमि गाँउपालिका, मनाङ जिल्ला, गण्डकी प्रदेश

105

काठमाडौं । नयाँ नेपाल न्यूजले स्थानीय सरकारको बारेमा जानकारी दिने उद्देश्यले पालिकाको परिचय अभियान सुरु गरेको छ । जसमा आज हामीले हिमाली जिल्ला मनाङको नार्पा भूमि गाँउपालिका बारेमा जानकारी लिएर आएका छौं । यस पालिकोको अध्यक्षमा कोन्जो तेन्जिङ लामा र उपाध्यक्षमा मेङमर फुन्चो लामा हुनुहुन्छ ।

नार्पा भूमि गाँउपालिका, मनाङ

नार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै सुन्दर गाँउ हो । २०७३ को पुनःसंरचनामा यसलाई नार र फु मिलाइ एउटा गाँउपालिका निर्माण गरिएको हो । यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको थियो । यो गाँउ चिनको नजिक पर्ने भएको र खम्पाहरुले यसलाई आफनो कार्यक्षेत्र बनाएको पाइन्छ । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सून्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ ।नार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै शुन्दर गाँउ हो । २०७३ को पुनःसंरचनामा यसलाई नार र फू मिलाइ एउटा गाँउपालिका निर्माण गरिएको हो ।

यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको थियो । यो गाँउ चिनको नजिक पर्ने भएको र खम्पाहरुले यसलाई आफनो कार्यक्षेत्र बनाएको पाइन्छ । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सुन्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ । नार र फू धार्मिक महत्व, सामारिक महत्वका ठाउ पनि हुन् । यो क्षेत्रको बिकाशमा चीन संगको नाका निर्माण र उत्पादित बस्तुहरु जस्तै याकको मासु, चौरीको घिउ, आलू जस्ता सामाग्रीहरुको निर्यातमा सहज बन्न सक्छ । यहा नार र फु गरेर १२८ परिबारको बसोबास छ जसमा ६१५ जना बस्दछन, यो नै यहाँको जनसंख्या हो । यहाँका बिशेषता समेटेर, यहाँ भएका जीबनशैली, बन जंगल, पहाड, जडिबुटि, पशुपालन र गोम्पाहरुबाट पाएको शास्ती र सिकाइ आदि समेटीएको छ । यो गाउँपालिका दुर्गम गाउँपालिका हो ।

अन्य स्थानको तुलनामा यो गाँउपालिका यातायातमा पछाडि परेको छ भने बिकासका प्रचुर संभावना हुदाहुदै पनि आधुनिक सुबिधाबाट बन्चित देखिन्छ , जसले गर्दा यहाँका बासिन्दाहरु जाडोको याममा बसाइसर्ने र सम्म ठाउँहरुका हिममा हुने पर्यटकिय कृडास्थलहरुको निर्माण गर्न र आम्दानिको श्रोतहरुलाई बढाउने कृयाकलाप देखिदैनन् र जनसंख्याको घनत्व पनि प्रति किलोमिटरमा ५ देखिन्छ । यहाँको योजना बृद्धिबिकाश र बर्षभर नै यहाँका बासिन्दा बास र आम्दानीलाई बढाउने उपायको खोजी र कार्यन्वयनको पनि आबश्यक पर्दछ ।

स्थापना: २०७३
समावेस भएका साविक गाविस: नार र फू गाविस
जम्मा वडा: ५
क्षेत्रफल: ८३७.५४ बर्ग किमि
जनसंख्या: ५३८
पूर्व: चिन
पश्चिम: मुस्ताङ
उत्तर: चिन
दक्षिण: नासों र चामे गाउँपालिका
महत्वपुर्ण पर्यटकीय स्थलहरु :– काङपालास (५३२० मिटर) ,तेरीला पास, कङगारु हिमाल,हेम्लुङ हिमाल, छोकर्ण ताल, स्यारीभुङ जाने तिब्बत नाका आदि पर्यटकीय स्थलहरुरहेको छ ।

अध्यक्षमा कोन्जो तेन्जिङ लामा फोन:  ९८६९१२३७४३, उपाध्यक्ष मेङमर फुन्चो लामा, फोन: ९८४६७८६८१२

वडाध्यक्ष विवरण

वडा नं.                         नामथर                                सम्पर्क नं.

१                          फूर्पा ठेले लामा                          ९८४३२०५०९३

२                          फुन्चोक वाङगे लामा                  ९८४६७८६०४६

३                          लाक्पा छेवाङ लामा                   ९८४१०९०२७६

४                          कर्म ग्यान्जे लामा                       ९८५१००९०७४

५                          सोनम तेजे लामा                       ९८४०२९००९८