प्रदेश सरकार खारेज गरौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी

78

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राजनीतिक, समसामयिक र जनजीविकाका विभिन्न २२ बुँदे माग राखी ज्ञापनपत्र पेस गरेको हो। प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, लगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। राप्रपाले नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगर्नमा माग गरेको छ। केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पुर्‍याउने प्रादेशिक तह खारेज गर्न, मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक बनाउन, संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्न माग गरेका छन्।

विज्ञप्तिकाे पूर्णपाठ:

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरवार,काठमाण्डौ

विषय : ज्ञापन पत्र ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

दश वर्षको सशस्त्र द्घन्द तथा करिव अर्को डेढ दशकको संक्रमणकाल पश्चात पनि आम जनताले सकारात्मक परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । यस अवधिमा देशले ठुलो जनधनको क्षति व्यहोर्नु प¥यो । संविधान जारी भएपछि देशमा शान्ति र स्थायित्व कायम हुने,प्रजातन्त्र सुदृढ हुने, राष्ट्रियता वलियो हुने तथा मुलुकको समग्र ध्यान आर्थिक विकास र सम्वृद्घितर्फ केन्द्रित हुने आम जनताको विश्वास रहेको थियो ।तर संविधान जारी भई राज्यका तीनै तहका सरकार निर्माण हुनुको साथै वर्तमान संविधान र संवैधानिक व्यवस्था कार्यान्वयनमा आइसकेको भएतापनि स्थायित्व र सम्वृद्घिको जनचाहना अधुरै रहेको छ । राष्ट्रिय अखण्डता,स्वाधीनता, सनातन धर्म, अर्थतन्त्र एवं प्रजातन्त्रमाथि पनि गम्भीर चुनौति खडा भएको छ । यस अवस्थामा विगतको त्रुटिपूर्ण मार्गचित्र,नीति र अवधारणाहरुको कार्यान्वयनवारे राष्ट्रिय स्तरमा समीक्षा,बहस र पुनर्विचार हुन नितान्त आवश्यक भएको छ ।यसै पृष्ठभूमिमा भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमानै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुको साथै राष्ट्रियताको संरक्षण,प्रजातन्त्रको सुदुढीकरण,सुशासन र सम्वृद्घिको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष देहायका मागहरु सहितको ज्ञापनपत्र पेश गरेको छ । उल्लेखित मागहरु पुरा गर्न सम्माननीय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं । उक्त मागहरु पूरा नगरिएमा देशव्यापी जनसंघर्ष गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी बाध्य हुने व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा जानकारी गराउँदछौं ।