Thursday, October 29, 2026
Home राजनीति संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

2

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन् । उनलाई पार्टीले सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाएको छ । एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भए पनि पार्टीले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको हो ।
साथै, यो विषयमा पार्टीले सांसद सुनारमाथि छानबिन गरिरहेको छ ।छानबिन प्रक्रिया नसकिएसम्म सार्वजनिक पद वा औपचारिक तथा सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाइएको छ । यसकारण उनी बिहीबार बसेको संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका हुन् । बिहीबार बिहान निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यविधिका विषयमा छलफल भएको छ । १६ असोज २०८३ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।