Friday, November 13, 2026
Home समाचार साँगामा १४ वर्षीया बालिकाको यसरी भयो मृत्यु

साँगामा १४ वर्षीया बालिकाको यसरी भयो मृत्यु

7
photo by: GOOGle

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार सूर्यविनायक नगरपालिका-१० साँगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा खोटाङकी १४ वर्षीया भूमिका राईको मृत्यु भएको हो । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–००१ २३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपककुमार कार्कीले जानकारी दिएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल चालक रोशन राई घाइते भएका छन् । डीएसपी कार्कीका अनुसार बस र चालक प्रहरी नियन्त्रणमा छन् । यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।