महादेव मन्दिरमा चोरी

376

माघ २८,
भक्तपुर । सुर्यविनायक नगरपालीका–१३ साँगा स्थित रहेको महादेव मन्दिरमा चोरी भएको छ । मन्दिरको मुलढोकाको ताल्चा फुटाई मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । उक्त मन्दिरमा करिब चार केजी चाँदी अन्दाजी पाँच लाख बराबरको चोरी भएको प्रसाईले बताए । उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको । थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।