इन्डक्सन चुलो बालौं, देशलाई आत्मनिर्भर बनाऔं

133

काठमाडौं । नेपालभर एक दिनमा एक लाख सिलिन्डर एलपीजी ग्यास खपत हुन्छ । ग्यासलाई विस्थापित गर्ने हो भने नेपालको विद्युतीय सप्लाई गुणस्तरीय बनाउनुपर्छ । अर्को तर्फ विद्युतीय चुलोको खपत बढाउदैं जानु पर्दछ । सरकारले विद्युतको मुल्यमा समेत केही कम गर्नु पर्ने देखिन्छ ।

नेपालमा अहिले धेरैले ग्यास चुलोको ठाउँमा इन्डक्सन चुलोमा खाना पकाउन थालेका छन् । यो सकारात्मक सुरुवात पनि हो । धेरै जनालाई विद्युतीय चुलो भन्ने बित्तिकै सबै एकै प्रकारको हुन्छ भन्ने पनि लाग्न सक्छ । तर विद्युतीय चुलो मुख्यतया इन्डक्सन र इन्फ्रारेड दुई प्रकारको हुने गर्दछ ।

इन्डक्सन र इन्फ्रारेडमा के फरक छ ?

इन्फ्रारेड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि यसको काम गर्ने शैली भने फरक हुन्छ । यसमा ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरेर खाना पकाउन सकिन्छ ।

इन्डक्सन चुलोमा ताप सबैतिर समान रूपमा जाने भएकाले ग्यासको तुलनामा यो चुलोमा छिटो खाना पाक्छ । तर इन्डक्सनमा प्रयोग गरिने भाँडा इन्डक्सन बेस नै हुनुपर्छ । बजारमा इन्डक्सन चुलोमा प्रयोग हुने कुकर, कराही र प्यान उपलब्ध छन् ।

अहिले नेपालमा विभिन्न ब्रान्डको इन्डक्सन र इन्फ्रारेडहरू उपलब्ध छ । बाल्ट्रा, सीजी, फिलिप्स, बजाज, मिडिया लगायत कम्पनीका चिनियाँ, नेपाली र भारतीय ब्रान्डका इन्डक्सन चुलो नेपाली बजारमा पाउन सकिन्छ ।

मूल्य

इन्डक्सन चुलोको मूल्य ३५ सयदेखिमाथि रहेको छ ।

  • साधारणतया इन्डक्सन तथा इन्फ्रारेड चुलोहरू १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ ।
  • धेरै चुलो २ हजार वाट क्षमताका हुन्छन् । कुनैकुनै इन्डक्सन र इन्फ्रारेड भने २२ सय वाटभन्दा माथि पनि हुन्छन् ।
  • इन्डक्सन र इन्फ्रारेड दुवैमा प्रायः एउटै फङ्सन हुने प्रधान बताउँछन् । ‘इन्फ्रारेड र इन्डक्सन दुवैमा पुस बटन र टच बटन दुई प्रकारको फङ्सन हुन्छ । पुस बटनको मूल्य अलि कम पर्न भने टच बटनको मूल्य बढी कम पर्छ ।’
  • इन्डक्सनको मूल्य अनुसार फङ्सन फरकफरक हुन्छ । कुनै टच बटनवाला हुन्छ भने कुनै पुस बटन, कुनै अलि ठूलो साइजको हुन्छ ।

 इन्डक्सनमा डिप फ्राइ, प्रेसर कुकर र कडी लगायतका फङ्सन हुन्छन् भने इन्फ्रारेड भने कुनै फङ्सन हुदैंन । 

भाँडाकुँडा कस्तो प्रयोग गर्ने ?

इन्डक्सन चुलोमा इन्डक्सन बेस भाँडा प्रयोग गर्नुपर्छ । तर इन्फ्रारेडमा जस्तोसुकै भाँडा प्रयोग गर्न मिल्छ । इन्डक्सनमा प्रयोग हुने भाँडाकुँडा इन्डक्सन बेस भएको नै हुन्छ । धेरैलाई एउटा भ्रम पनि छ । सबै भाँडा प्रयोग गर्न मिल्ने इन्डक्सन भनिरहेका हुन्छन् ।

इन्फ्रारेड र इन्डक्सनमा कुन बढी उपयोगी ?

इन्डक्सनको तुलनामा इन्फ्रारेडमा बढी बिजुली खपत हुने भएकोले इन्फ्रारेड चुलो भन्दा इन्डक्सन नै बढी उपयोगी हुने गर्दछ ।

इन्डक्सनमा कम बिजुली खपत हुन्छ भने इन्डक्सनको तुलनामा इन्फ्रारेडमा बढी बिजुली खपत हुन्छ । बजारमा पाइने इन्डक्सन एकमुखे मात्र हुन्छ । तर नेपालीहरूको बानी भात, दाल एकैपटक दुईतिर पकाउने बानी हुन्छ, इन्डक्सनमा एक पटकमा एउटा कुरा मात्र पकाउन मिल्ने भएकाले पनि यो धेरैको रोजाइमा पर्न सकेको छैन । तर आजभोलि बजारमा दुईमुखे इन्डक्सन पनि आउन थालेका छन् ।

विद्युतीय चुलोको प्रयोग कम हुनुको अर्को कारण भनेको विद्युत आपूर्ति हो । बिहान बेलुका खाना पकाउने बत्ती गयो भने पनि खाना बिग्रन्छ । त्यसको लागि राज्यले आवश्यक व्यवस्था गर्नु पर्दछ ।