भक्तपुर सुडालको हेम्बा गाउँमा नेवाः होमस्टे संचालन हुने

331

माघ ५,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. ८, मा रहेको हेम्बा गाउँमा महामन्जुश्री नेवाः सामुदायिक होमस्टे संचालन हुने भएको छ । होमस्टे संचालनकोलागि नगरपालिकाले तालिमको समेत व्यवस्था गरिदिएको हो । नगरपालिकासंग सहकार्यमा होमस्टे डेभलोपमेण्ट प्रालिले स्थानिय २१ जना महिला तथा पुरुषलाई विभिन्न विधाको प्रशिक्षण दिएको छ ।

होमस्टे डेभलोपमेण्ट प्रालि संस्थाका संचालक सुरज बास्तोलाका अनुसार घरबास (होमस्टे) संचालन सम्बन्धि विषयहरुमा स्थानियहरुलाई ज्ञान र सिपसहितको प्रशिक्षण दिइएको छ ।

जसमा पाहुनाको स्वागत, सरसफाई, खाना पकाउने, पाहुनाको विदाईलगायतका विषयहरु थिए ।
पुुस २५ गतेदेखि सुरु भएको होमस्टे व्यवस्थापन तालिमको मंगलबार समापन कार्यक्रममलाई सम्बोधन गर्दै नगरप्रमुख सोमप्रसाद मिश्रले स्थानिय क्षेत्रको विकाशकालागि जस्तोसुकै कुरामापनि सहयोग गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।