बिरयानी खान मन लाग्दा, सम्झनुहोस् दुवाकोटको वल्ड टाउन

64

भक्तपुर । भक्तपुरको दुवाकोट मोडस्थित वल्ड टाउन रेस्टुरेन्टले बिरयानीको नयाँ स्वाद लिएर आएको छ । वल्ड टाउन रेस्टुरेन्ट भक्तपुरमा बिरयानीको पारखीहरुका लागि छुट्टै स्वाद लिएर मट्का बिरयानी भक्तपुरमा आएको छ । संचालक रितम प्रधानका अनुसार वल्ड टाउन रेस्टुरेन्टले माटोको भाँडोमा पकाएको मट्का विरियानी नै यहाँको विशेषता हो ।

मट्का बिरयानीको उत्कृष्ट स्वाद र स्वास्थ्यकर रेसीपी र परम्परागत माटोको भाँडामा पकाउने भएकोले अलग स्वादका कारण नै वल्ड टाउनमा धेरै मानिसहरु आउने गरेको बताए । पूर्ण पारिवारिक वातावरण रहेको रेस्टुरेन्टमा बिरयानीको अलावा नेपाली स्पेशल परिकारसहित ईन्डीयन, चाईनिज, ईटलियिन र स्थानीय विभिन्न परिकारहरु समेत पाक्ने गरेका संचालक प्रधानले जानकारी दिए ।

विशेष गरी भारतको उत्तर प्रदेशमा प्रख्यात मट्का विरियानीको स्वाद भक्तपुरमा आफूहरुले दिंदै आएको उनले बताए । माटोको भाँडामा पाकेको खानेकुरा स्वास्थ्यको लागि पनि निकै लाभदायी हुने भएकोले बिरयानीका लागि वल्ड टाउन उपयुक्त रहेको प्रधान बताछन् ।

चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी, कुखुरा वा माछा सहित तयार गरिएको विशेष परिकारलाई बिरयानी भनिन्छ । एसियाको सबै स्थानहरूमा बिरयानी पाउने भएता पनि स्थान अनुसार यसको स्वाद यसमा हालिने सामाग्री र बनाउने तरिका फरक फरक हुने गर्दछ । बिरयानी विशेष गरी राइतो, चटनी, वा सब्जीसँग खाने गरिन्छ ।

बिरयानी बनाउन आवश्यक सामाग्री ?
१ किलो बासमती चामल
१/२ किलो खसी या कुखुराको मासु वोसो छाला हड्डी नभएको
२०० ग्राम प्याज मसिनो काटेको
१/२ लिटर दूध
बदाम ५० ग्राम
काजु किसमिस ५०/५० ग्राम
४/५ वटा सुकुमेल, ल्वाङ, सुकुमेल, तेजपात, दालचिनी
अदुवा लसुन टुक्रा १०० ग्राम
मटर दाना १०० ग्राम
घिउ १०० ग्राम
बदामको तेल १ ठूलो चम्चा
बिरयानी मसला
नून
अजिनामोटो इच्छाअनुसार
केसर ५/६ टुक्रा
१ /४ चम्चा बेसार आदी ।

कसरी बनाउन सकिन्छ त बिरयानी ?
चामल आवश्यकता अनुसार सफा गरी भिजाउने, मासु सफा गरी नून राखी उसिन्ने १०० ग्राम तेल राखी मासु पकाएर छुट्टै राख्ने । त्यसपछि प्याज, काजु, किसमिस, वदाम, अदुवा, लसुन, भुटेर छुट्टै राख्ने, घिउ तताएर ल्वाङ सुकुमेलहरू फुराउने, त्यसपछि चामलको पानी तराउने र घिउमा भुट्ने आवश्यक पानी राखी पकाउने, चामको पानी सुकेपछि मटर मासु र भुटेको प्याज राख्ने काजु किसमिसल सजाउन पनि सकिन्छ ।

काहाँ छ वल्ड टाउन रेस्टुरेन्ट ?
भक्तपुरको सल्लाघारीबाट पुरानो ठिमी तर्फ जाने बाटोमा दुवाकोट मोड नपुग्दै बायाँ तर्फ वल्ड टाउन रेस्टुरेन्ट रहेको छ ।