भोलीदेखि भक्तपुर जिल्ला प्रशासनको सेवा बन्द, यस्तो छ कारण

207

माघ ५,
भक्तपुर । कार्यालयको विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ । कार्यालयले प्रदान गर्ने अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा जस्ता विषयका सेवा लिन आउनेहरुलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालन गरेर मात्र आउन निर्देशन समेत दिइएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माद्धारा जारी विज्ञप्तिमा भोली ६ गते विहिबारबाट हाललाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतको कार्य बन्द हुने उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ‘हामी आज सरकारी सेवा प्रदान गर्ने केही कार्यालयको अनुगमन गरेका छौं, ती बारेमा पछि निर्णय हुनेछ । ’

मालपोल, यातायात जस्ता सरकारी सेवा प्रदाय कार्यायलमा हुने भिड्ले रोग संक्रमण जोखिम फैलाउने हुदाँ कार्यालय प्रमुखहरुसंग तत्कालै बैठक बस्ने तयारी भईरहेको प्रजिअ शर्माले बताइन् । केही कर्मचारीहरु आइसोलेसनमा र केहीको स्वास्थ्य संस्थामा उपचार भइरहेको समेत कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।