थापा भिटोफ नेतृत्वका सशक्त दावेदार

175

साउन ३,
भक्तपुर । शनिबार हुने गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ–नेपाल)को साधारणसभाको लागि नयाँ नेत्तृवका आकाँक्षीहरुबीच होडबाजी शरु भएको छ । एक दर्जन आकाँक्षीले नयाँ नेतृत्व सम्हाल्न आफ्नो दावी प्रस्तुत गरिसकेका छन् । नयाँ अध्यक्षका लागि भिटोफका पूर्व महासचिव एवं युवा व्यवसायी राजकुमार थापा देखिएका छन् ।
यस अघि पनि अध्यक्षका लागि उनले आफ्नो दावी प्रस्तुत गरेपनि सर्वसम्मत नेतृत्व चयन गराउने मञ्चको निर्णय अनुसार उनले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएका थिए ।

थापा ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल्स् र बल्थली ईको हिल रिसोर्टका संचालक समेत हुन् । यसको साथै बिभिन्न संस्थाको बिभिन्न तहमा रहेर काम गरेको अनुभव समेत थापासँग छ । मञ्चको आगामी नेतृत्वका लागि महिला सहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।
पूर्वमहासचिव थापासहित पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितिय उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव बास’ पाण्डे र सचिव जस्पा पाण्डेले अध्यक्षमा दावी प्रस्तुत गरेका हुन् । यस्तै संस्थाका वर्तमान कार्यसमिति सह–कोषाध्यक्ष कृष्ण बहादुर सुवेदी, पूर्व कार्यवाहक कोषाध्यक्ष दिपक खनाल, पूर्व सदस्य आशुतोस प्रधान र कार्यसमिति सदस्य केपी सुवेदीले महासचिवमा दावी प्रस्तुत गरेका छन् । महासचिवमा भने तीव्र प्रतिष्पर्धा हुने देखिएपनि सहमतिको प्रयार पनि जारी रहेको बताइएको छ ।

मञ्चका वर्तमान कार्यसमिति सदस्य राजकुमार धमला भने कोषाध्यक्षको एक्ला दावेदार हुन् । जसले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छानिने छ ।