काठमाडौमा नेमकिपाकाको प्रदर्शन: एमसीसी खारेज गर

294

पुस १६, काठमाडौ । नेपाल मजदुर किसान पार्टीले एमसिसीको विरुद्धमा राजधानीमा प्रदर्शन गरेको छ । शुक्रबार गरिएको नेमकिपाकाको प्रदर्शनमा एमसीसीका मतियार खबरदार! एमसीसी खारेज गर जस्ता नारा लागेको थियो । जुलुसले बानेश्वरमा रहेको संसद् घेराऊ गर्दै खबरदारी गरेको हो । कोटेश्वरदेखि मीनभवन त्यसैगरी माइतीघरबाट वानेश्वर र पुरानो वानेश्वर संसद् भवनको उत्तरसम्म छुट्टाछुट्टै स्थानमा जुलुस तथा सभा सम्पन्न भएको नेमकिपाले जानकारी दिएको छ ।