स्थानीय तहहरूको पुर्नसंरचना गर्न कांग्रेसको निर्देशिका जारी (निर्देशिका सहित)

365

भदौ ६,
काठमाडौं । नेपालको संविधान २०७२ जारी भई नयाँ बनेका गाँउपालिका नगरपालिका थप भएका दुई जिल्ला र सात प्रदेशको संगठन संचालन गर्ने नयाँ समिति नहुँदा नेपाली कांग्रेस संगठन परिचालन गर्न कठिनाई भईरहेको वेला कांग्रेसले स्थानीय तह संगठन पुर्नसंरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ जारी गरेको छ ।

बिहीबार जारी गरिएको निर्देशिकाको आधारमा नेपाली कांग्रेसको स्थानीय तह संगठनको अन्तरिम व्यवस्था गरिएको छ । स्थानीय तहका समितिहरुको गठन सहमतिय आधारमा गर्ने गरि निर्देशिका बनेको छ । तत्कालिन लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताका समायोजन भने नेपाली कांगे्रस केन्द्रिय कार्यसमितिले गठन गरेको समायोजन समितिले गरेको सिफारीसको आधारमा केन्द्रिय कार्यसमितिको निर्णय अनुसार स्थानीय संगठनमा समायोजन गर्ने व्यवस्था गरिएको छ ।

यो निर्देशिका बमोजिम नेपाली कांग्रेसको स्थानीय तहहरूमा समायोजन गर्दा अन्य पार्टीहरूबाट नेपाली कांग्रेसमा समायोजन भएका पार्टीको स्थानीय संगठन भएको स्थानमा संगठनको सभापति र आवश्यकतानुसार पदाधिकारीलाई अनिवार्य रुपमा छलफलमा सहभागी गराउनु पर्नेछ ।

स्थानीय तहमा सिमाना हेरफेर भएका नगरपालिका, वडा, प्रदेश निर्वाचन क्षेत्र, संभिय निर्वाचन क्षेत्र, जिल्लाका साथै नयाँ बनेका गाउँपालिकाको सम्वन्धमा निर्देशिकामा व्यवस्था गरिए पनि प्रदेश तहको संरचना भने कसरी कुन विधि बाट हुने अझै टुङगो लागेको छैन ।