एकै दिन १० लाख मानिसलाई कोरोना लागेपछि

85

पुस २१, काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल विश्वका अन्य कुनै पनि देशमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको थिएन ।