फोनिजको भक्तपुर जिल्ला अध्यक्षमा शिल्पकार

161

पुस १३
भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा भक्तपुरले सुन्दर शिल्पकारको अध्यक्षता ९ सदस्य कार्यसमिति चयन गरेको छ ।
फोनिज भक्तपुरले आज मंगलवार भक्तपुरको मध्यपुर थिमी स्थित शंखधर पार्टी प्यालेसमा गरेको तेस्रो अधिवेशन तथा साधारण सभावाट पुन ः सुन्दर शिल्कारको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा रामगोपाल तमुख , सचिवमा विनोद कोजू, कोषध्यक्षमा रेनू त्वायनावासु
सहसचिवमा प्रदिप श्रेष्ठ आएका छन । कार्यसमिति सदस्यमा रत्नकाजी प्रजापति, हरिवहादुर श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ र दिपक श्रेष्ठ चयन भएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फोनिजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गजुरधन राईले फोनिज नेपालका सम्पुर्ण आदिवासीहरु साझा थलो भएको बताएका छन् । फोजिनले स्थापनाकाल देखिनै थिचोमिचोमा परेका आदिवासी जनजातिका हकहितमा आवाज बुलन्द बनाउँदै आएको बताउँदै बर्तमान अवस्थामा यस सस्थाले पत्रकारको हतहितमा आवज उठाउन बैकल्पिक शक्तिको रुपमा उदय भएको बताए । कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महांसघका जनजाति तर्फका केन्द्रीय सचिव नारायण किलम्वुले आदिवासी जनजाति पत्रकारको हकहितका लागि नेपाल पत्रकार महासंघले काम गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि आफू सधै जनजाति पत्रकारको अधिकारका लागि लड्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमा बोल्दै फोनिज बाग्मतीका कोषध्यक्ष पूर्णभक्त दुवालले उपत्यमै रैथाने जनजातिहरु प्रति राज्यले विभेद गरेको बताए । उपत्यमा विषेश गरि नेवार समुदायलाई लक्षित गर्दै सास्कृति मास्ने गतिविधि बढेको प्रति चिन्ता व्यक्त गरे ।