Thursday, October 15, 2026
Home राजनीति सभामुखमा अग्नि सापकोटा निश्चित

सभामुखमा अग्नि सापकोटा निश्चित

522

माघ ५,
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै बस्ने सचिवालय बैठकले नाम अनुमोदन गर्छ ।’ यद्यपि, आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । -Ratopati