भक्तपुरमा बालिका बलत्कार गर्ने युवक पक्राउ

101

भक्तपुर । भक्तपुर नगरपालिकामा १३ बर्षकी बालिकालाई बलत्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
बिहिबार राति मःमः एण्ड पिज्जा हाउसमा लगेर बिभिन्न प्रलोभनमा पारी बालिकालाई बलत्कार गरेको आरोपमा युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा जिल्ला शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर दुधपाटी बस्दै आएका १९ बर्षको अशोक भन्ने अनिश भुजेल रहेका छन् ।
यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।