राजदूत ढकालले युएईका प्रधानमन्त्री मक्तुमसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

175

असार २४,
काठमाडौं । संयुक्त अरब इमिरेट्स .(युएई(का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री मोहम्मद विन रसिद अल मक्तुमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बीच ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री मक्तुमले ढकालले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

ढकालले फागुनको अन्तिम सातादेखि युएई आएर कार्यभार सम्हाले पनि ओहोदाको प्रमाणपत्र बुझाउन ढिलाइ भएका कारण औपचारिक कार्यक्रमहरूमा उपस्थिति जनाउने गरेका थिएनन् । ढकाल गत माघ २९ गते युएईका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका थिए ।