गणितको भाइरल यो समिकरण

148

एजेन्सी, साउन २४,
काठमाडौं । बिज गणितको एक प्रश्न अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । हरेकले प्रश्न देख्नासाथ उत्तरको खोजी गर्छन् । तर यसको ठिक उत्तर भेट्टाउन समस्या भैरहेको छ । ट्वीटरमा इएम नामक व्यक्तिले ह्याण्डीलबाट यो प्रश्न सेयर गरे । प्रश्न यस्तो छ 8÷2× (2+2)=?

यो प्रश्नको उत्तर कसैले १ भनेका छन् भने केहीले १६ भनेका छन् । केहीले यी दुवै उत्तर ठिक भनेर प्रतिक्रिया दिएका छन् । कोही कोही व्यक्तिले नागरिकले एउटा प्रश्नमा दुवै उत्तर कसरी ठिक हुन सक्छन् ? भनेर प्रश्न गरेका छन् । यो प्रश्नको उत्तरमा व्यक्तिहरु विभाजित भएका छन् । एक युवतीले गणितमा दुई वटा डिग्री रहेको जानकारी दिँदै १ नै अन्तिम उत्तर रहेको दाबी गरेकी छन् । उनले क्याकुलेटरको सहायतामा क्षणभरमै प्रश्नको उत्तर १ निकालेकी छन् ।

यो प्रश्नको सही उत्तर तपाईले विद्यालयमा कुन नियमका आधारमा पढ्नुभएको छ ? त्यसैका आधारमा उत्तर आउँछ । तपाईले BODMAS या PEMDAS मध्ये कुन विधिको प्रयोग गर्नु हुन्छ ? त्यसैका आधारमा यसको उत्तर आउँछ । BODMAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १६ आउँछ । तपाईले PEMDAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १ हुन्छ ।