बीमा समिति अध्यक्षको कार्यकाल सकिदै

739

मंसिर १८,
काठमाडौं । बीमा कम्पनीहरुको नियामक बीमा समितिमा अबको एक महिनापछि अध्यक्ष पद खाली हुँदैछ । समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंको कार्यकाल यही पुस १४ गते सकिन लागेको हो । पूर्वमाओवादी निकट चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला अध्यक्ष बनेका थिए । उनको कार्यकाल सकिने दिन नजिकिदै गर्दा समितिको अध्यक्षको आकाङ्क्षीहरु पनि बढ्दै गएका छन् । आकाङ्क्षीहरु आफुलाई सो पदमा कसरी आसिन गराउने भन्दै तयारी थालेका छन् । यसैबीच बीमा क्षेत्रमा सरोकार राख्नेहरु धेरैले कसैले खुलेरै र कसैले भित्रभित्रै तयारी थालेका छन् ।