पत्रकार महासंघ भक्तपुरले सदस्यताबाट गैरपत्रकारलाई हटाइयो

201

माघ १०,
भक्तपुर । अगामी फागुनको अन्तीम साता हुने पत्रकार महासंघको निर्वाचन पत्रकार निकट धेरै संघ संस्थालाई लागेको छ ।
यसैक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले पत्रकारीता क्षेत्रमा हाल क्रियाशिल नभएका २० जनालाई पत्रकार महासंघ भक्तपुरको सोमबार बसेको बैठकले साधारण सदस्यबाट हटाएको छ ।
अघिल्लो साधारण सभामा भक्तपुरमा १ सय २७ सदस्य रहेको र ३ जनाले अन्यत्रबाट स्थानन्तरण गरेका थिए । शाखामा अब १ सय १० जनाको पत्रकार साधारण सदस्य रहेका छन् । नयाँ सदस्यताको भने नामावली आउन बाकीँ रहेको छ ।
भक्तपुरमा हाल कायम भएका साधारण सदस्य संख्यामा २० प्रतिशत भन्दा धेरै गैरपत्रकार बाकीँ रहेकोले तिनिहरुलाई पनि हटाउन जिल्लामा सक्रिय पत्रकारहरुले माग गरेका छन् ।
जिल्लामा पे्रस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल लगायतका राजनितिक पार्टीसंग आवद्ध संस्थाहरु रहेका छन् । आफुनिकट राजनितिक बिचार राख्नेलाई हटाउन उनीहरुले मान्ने गरेका छैनन् । त्यसैले गैरपत्रकारको संख्यामा कटौती हुन नसकेको एक पत्रकारले बताए ।