कोरोना खोपको साइड इफेक्ट देखिए क्षतिपूर्ति दिने

293

मंसिर १९,
बेलायत । कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा बेलायतले क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिने विश्वकै पहिलो देश समेत बनेको छ ।
बेलायतमा कोरोना भाइरसको बढ्दो संक्रमणबीच खोप प्रयोगका लागि दुई दिनअघि अनुमति दिएको थियो । बेलायतको ड्रग रेगुलेटर एमएचआरले यो खोप ९५ प्रतिशतसम्म सुरक्षित रहेको र यसको व्यापक प्रयोगका लागि स्वीकृति दिनु सुरक्षित हुने बताएको छ । बेलायतमा उच्च जोखिममा रहेकाहरुलाई खोपमा प्राथमिकता दिइनेछ । बेलायतले यो कम्पनीको मात्रै ४ करोड खोप अर्डर गरिसकेको छ । जसबाट त्यहाँ संक्रमित २ करोडले खोप पाउनेछन् ।