दिशाको फोटोमा फ्यानको टिप्पणी, ‘यस्तो फोटो देखेपछि हाम्रो मन तड्पिन्छ’

76

चैत ७, एजेन्सी,
काठमाडौँ बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्नो तस्बिर र भिडियो सेयर गरिरहन्छिन् । कुनै वेला त फोटो र भिडियोका कारण ट्रोल बनाउनेहरूको सिकार पनि हुन्छिन् । यसपटक पनि यस्तै भयो ।

दिशाले इन्स्टाग्राममा आफ्नो बोल्ड फोटो सेयर गरिन् । सेयर गरेलगत्तै उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परिन् । फोटोलाई लिएर फ्यानहरूले हाँसउठ्दो प्रतिक्रिया दिएका छन् । दिशाले आफ्नो बिकिनी फोटो सेयर गरेकी हुन् । त्यसपछि एक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘पढ्न देऊ दिदी, भोलि परीक्षा छ ।’ अर्का व्यक्तिले लेखेका छन्, ‘यस्तो फोटो देखेपछि हाम्रो मन तड्पिन्छ ।’

एक फ्यानले यस्तो पनि लेखेका छन्, ‘होलीको उपहार दिइन् म्याडमले ।’ दिशा पटानी अहिले सलमान खानको फिल्म ‘भारत’ को सुटिङमा बिजी छिन् । यस्तोेमा खबर आएको छ कि दिशा ‘किक २’ मा पनि देखिन सक्नेछिन् । दिशा अन्तिमपटक टाइगर श्राफसँग ‘बागी २’ मा देखिएकी थिइन् ।