६०० भारतीय तीर्थयात्रीको सकुशल उद्धार

256

असार २२,
मानसरोवर यात्रामा निस्किएका एक हजार ६०० भारतीय तीर्थयात्रीको सकुशल उद्धार गरिएको छ। भारतका विभिन्न स्थानबाट नेपालको बाटो हुँदै तिब्बतको मानसरोवरको यात्रामा निस्किएका एक हजार ६०० यात्रुको सुरक्षित उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। बिहीबार मात्रै ५५० यात्रुको उद्धार गरिएको थियो। उनीहरूलाई नेपाली सेना, नेपालस्थित भारतीय दुतावसको सहयोगमा उद्धार गरिएको थियो। कैलाश मानसरोवरको यात्राबाट फर्किँदै गरेका भारतीय तीर्थयात्रीहरुलाई हिल्साबाट हुम्लाको सिमीकोट, सुर्खेत र नेपालगञ्जमा सुरक्षित राखिएको छ। उनीहरूको सकुशल उद्धार गरिएको नेपालस्थित भारतीय दूतावसका एक वरिष्ठ अधिकारीले बताए। अहिले कुनै पनि भारतीय हिल्सामा नरहेको उनको दाबी छ।कुनै समस्या नरहेको समेत उनले जनाए। उनीहरूलाई अहिले विभिन्न स्थानका होटलमा लगिएको छ। आज मौसमले साथ दिए सबैलाई नेपालगञ्ज ल्याइने छ ।