Saturday, September 26, 2026
Home खेलकुद सन्दीपविरुद्धको मुद्दाको पेशी घिमिरेको इजलासमा

सन्दीपविरुद्धको मुद्दाको पेशी घिमिरेको इजलासमा

36

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ। घिमिरेको इजलासको १२ औँ नम्बरमा रहेको छ।

नाबालिग बलात्कार मुद्दामा यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो । त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।