‘छोरालाई बढी र छोरीलाई कम अधिकार समाजका लागि स्वीकार्य छैन’

85

असार १०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयकअघि बढाउन सत्तारूढ नेकपासँग माग गरेको छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन । महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’ नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुने बताए । देउवाले भने, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।’

संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको तथा छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य देउवाले बताए । नागरिकता विधेयकबारे अर्को ट्वीट गर्दै उनले भने, ‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ । हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।’