जनकपूरमा पाँचलाख मान्छे उर्ताने एमालेको दाबी

208

फागुन ३०,
बुटवल । नेकपा एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले दशा लागेकाहरु मात्र एमालेसंग भिड्न आउने बताएका छन् । उनले मेची–महाकाली अभियान अन्र्तगत बुटवलमा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । मधेशी मोर्चाप्रति ओक्रोश पोख्दै भट्टराइले भने ‘दशालागेको छ भने एमालेसंग भिड्न आउनु होइन भने शान्त बस्नु ।’ अभियान सकेपछि दुइ नं प्रदेशको जनकपुरमा पाँच लाख मान्छे उतार्ने बताए । सप्तरी घटनालाईं लिएर भटराईले भने, ‘मोर्चालाई लाज ढाक्न पनि केही बाँकी रहेको छैन । यस्तालाई अबको निर्वाचनमा सिध्याउनु पर्छ । यो मोर्चा त अरुले जोडी दिएको हो । यो जनताबाट बहिस्कृतहरुको झुण्ड हो । जसले मृत्युको खाडल खन्दै छ ।’ अहिलेको सरकार जनमत नभएको. सरकार भएको बताए । जुन दलहरुसंग जनमत छंैन ती दलहरुले सरकार चलाइरहेको छ । जब कि जनमत एमालेसंग छ भट्टराइले भने । कंचनपुर घटनाबारे बोल्दै भने ‘अमेरीकाले जापानको हिरोसिमा र नाकासाकिमा बम खसालेर मान्छे मार्दा अहिलेसम्म क्षतिपूर्ति दिइरहेको छ । भारतले नेपाली भूमिमा आएर मान्छे मार्दा नेपाल सरकार क्षतिपूर्ति माग्न सक्दैन ।’ उनले यो मेची–महाकाली अभियान भाग १ र निर्वाचनमा एमालेको भाग दुई अभियान हुने बताए । स्थानिय तहको निर्वाचनमा आफ्नो दल दुई तिहाइ मत ल्याउने दाबी समेत गरे । अब एमालेको संगठन संरचना पनि गाँउपालिका र नगरपालीका अनुरुप हुने समेत उनले बताए ।