चाँगुनारायण नगरपालिकाले निःशुल्क बोयर जातकोे बोका बितरण गर्यो

1001

असार १०,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले प्रत्येक वडाका एक एक कृषक समुहलाई बोयर बोका वितरण गरेको छ । बोयर जातको बाख्राको नश्ल रहेको उक्त बोकाले स्थानिय स्तरमा उन्नत जातको पाठा पाठी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ बोका वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १ देखि ९ वडा सम्मका कृषक समुहलाई पुर्ण अनुदानमा बोका हस्तान्तरण गरिएको नगरप्रमुख सोम प्रसाद मिश्रले बताए । नगर प्रमुख मिश्रले नगरपालिकाले कृषक समूह र कृषि पेशा अंगालेका कृषकहरुको मनोबल उच्च पार्ने हेतुले आगामी दिनहरुमा कृषि क्षेत्रमा विभिन्न अनुदानका कार्यक्रमहरु जारी राखिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा उप प्रमुख बिना बास्तोला, ३ नका वडा अध्यक्ष श्याम सुन्दर धिमाल, वडा न
५ का अध्यक्ष जयन्द्र खड्का ,प्रमुख प्रसासकिय अधिकृत चिरञ्जीवी तिमल्सिनालगायतको उपस्थिती रहेको थियो । ६ लाख ४२ हजार ८सय रुपैयाको लागत नगरपालिका बोयर जातको बोका किसानलाई प्रदान गरेको हो ।