यसपालिको बिस्का (बिस्केट) जात्रा यसरी मनाइने

452

चैत २६,
भक्तपुर । भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का (बिस्केट) जात्रालाई औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बुधबार बिस्का जात्रासँग सम्बन्धितसम्पूर्ण सरोकारवालाहरुको बैठकमा
बैठकले यस वर्षको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पनि लक डाउनकै अवधिमा पर्न आएको हुँदा यसलाई औपचारिक पुजाआजामै सीमित गर्ने निर्णय गरेको छ ।

जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी बैठकले परम्परादेखि चलिआएको बिस्का जात्रालाई औपचारिक पुजाआजामा मात्रै सीमित गर्ने गरेको निर्णयलाई बैठकले उपयुक्त ठहर गरेको हो ।
भैरवनाथ जात्रा, लिड्डो उभ्याउने, टोल टोलमा हुने ब्रम्हायणी, माहेश्वरी, इन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका सम्पूर्ण जात्राहरु देवतालाई बाहिर ननिकाली देवता घर (द्योछें) मै सामान्य पुजाआजामा मात्रै सीमित राख्ने निर्णय गरेको छ ।
बैठकमा उपस्थित विभिन्न गुठी नाइके तथा प्रतिनिधिहरुले बिस्का जात्रालाई हुलहुज्जत नहुने गरी औपचारिक पुजाआजामा मात्र सीमित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीलाई जात्राको समयमा सम्भावित जोखिमबाट बच्न सबैजना घरभित्रै सुरक्षित रहन आग्रह गरेका छन् ।

बैठकमा भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, गुठीलगायतका गुठी नाइके तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सरकारले कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न चैत्र ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म कुनै पनि नागरिक अति आवश्यक काममा बाहेक घरबार ननिस्कन लक डाउन घोषणा गरेको छ ।