Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय ग्यास सिलिन्डर विस्फोट हुदाँ १२ जनाको मृत्यु

ग्यास सिलिन्डर विस्फोट हुदाँ १२ जनाको मृत्यु

250
सांकेतिक तस्विर

काठमाडौं
माघ १४, शाहदरा क्षेत्रमा रहेको अत्तर कारखानामा विष्फोट भएको छ,’ पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । डनले घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ । तर स्थानीय प्रहरी स्रोतले घटनामा १२ जनाको मृत्युभएको बताएको छ । विस्फोटका समय कारखानामा जम्मा १५ जना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कारखानामा ग्यास विस्फोटपछि घरको छाना खस्दा धेरै जनाको मृत्यु हुनपुगेको एक प्रत्यक्षदर्शीले बताए । -एजेन्सी