प्याब्सन भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न, तस्विरमा हेरौं

123

नयाँ नेपाल न्यूज
माघ २, भक्तपुर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार संस्थाको हलमा भएको कार्यक्रममा संघीय सांसद महेश बस्नेतले भक्तपुर अब शिक्षाको अन्तराष्ट्रिय हबको रुपमा विकाश हुनुपर्ने बताएका छन् । निजी शैक्षिक संस्थाहरुले नेपालको शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै शिक्षालाई विकाशसंग जोडनुपर्ने उनले बताए । बागमती प्रदेशका सांसद शशिजंग थापाले शिक्षा नीतिमा के कुरा हुनुपर्ने भो भनेर प्याब्सनले सुझाव दिनु पर्ने बताएका छन् । भक्तपुरका चार स्थानीयको शिक्षा नीति एकै नभएकाले समस्या हुने थापाको भनाई छ । एकरुपता नभएमा मातृभाषा, स्थानीय शैक्षिक सामाग्री उत्पादनका विषयमा सहजता हुदैंन, थापाले भने ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाकार राजकुमार मर्हजन, उपाध्यक्ष दिपिका थापा, कोषाध्यक्ष सन्तोष मणी न्यौपाने, जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले शिक्षाको विकाशमा सबै क्षेत्र एक हुनु पर्ने बताएका छन् । उक्त अवसरमा लामो समयदेखि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलाई सम्मान गरिएको थियो ।