Sunday, September 27, 2026
Home शिक्षा प्याब्सन भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न, तस्विरमा हेरौं

प्याब्सन भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न, तस्विरमा हेरौं

133

नयाँ नेपाल न्यूज
माघ २, भक्तपुर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार संस्थाको हलमा भएको कार्यक्रममा संघीय सांसद महेश बस्नेतले भक्तपुर अब शिक्षाको अन्तराष्ट्रिय हबको रुपमा विकाश हुनुपर्ने बताएका छन् । निजी शैक्षिक संस्थाहरुले नेपालको शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै शिक्षालाई विकाशसंग जोडनुपर्ने उनले बताए । बागमती प्रदेशका सांसद शशिजंग थापाले शिक्षा नीतिमा के कुरा हुनुपर्ने भो भनेर प्याब्सनले सुझाव दिनु पर्ने बताएका छन् । भक्तपुरका चार स्थानीयको शिक्षा नीति एकै नभएकाले समस्या हुने थापाको भनाई छ । एकरुपता नभएमा मातृभाषा, स्थानीय शैक्षिक सामाग्री उत्पादनका विषयमा सहजता हुदैंन, थापाले भने ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाकार राजकुमार मर्हजन, उपाध्यक्ष दिपिका थापा, कोषाध्यक्ष सन्तोष मणी न्यौपाने, जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले शिक्षाको विकाशमा सबै क्षेत्र एक हुनु पर्ने बताएका छन् । उक्त अवसरमा लामो समयदेखि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलाई सम्मान गरिएको थियो ।