वाह ! मनाङको सुन्दरता

407

कार्तिक ४,
मनाङ । नेपालका मुस्ताङ र मनाङलाई हिमाल पारीका जिल्ला भनिन्छ । तर यो परिचय तपाईं मनाङ पुगेपछि फेरिन सक्छ ।

असोजदेखि मसिरसम्म मनाङमा बाह्र तथा आन्तरिक पर्यटकको भिड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन र कृषि जिल्ला मुख्य पेशा रहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र बहादुर घले बताउँछन् ।

लमजुङ जिल्लाको बेशिशहरबाट चामे हुँदै मनाङको खाङ्सार जसलाई माथिल्लो मनाङ समेत भनिन्छ तेहा सम्म पुग्दा मनाङलाई हिमालको घेरा भित्र रहेको जिल्ला भन्न मन लाग्छ । मनाङ सिमा सुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खत्रो, धारापानी, बगरछाप, चामे, हुम्दे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान यो जिल्लाको मुख्य बजार क्षेत्र हुन् ।

पछिल्लो समय मनाङमा सडक बिस्तार सगै अन्नपूर्ण पदमार्ग मासिएको भन्दै सर्वसाधारणको गुनासो बढेको भएपनि पदमार्ग संरक्षणमा स्थानीय सरकार लागि रहेको घलेको भनाई छ ।

तथ्यांक अनुसार अहिले समयमा एक सातामा मनाङमा ३ हजार भन्दा धेरै बिदेशी पर्यटक भित्रएका छन् । तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न बिदेशी मात्रै नभएर स्वदेशी पर्यटकको समेत संख्या उल्लेखनीय रहेको छ ।