चार वर्षमा पनि पुल निर्माण भएन्

94

साउन १२,
दाङ । निर्माणाधीन पुल समयमै निर्माण नहुँदा दाङ जिल्लामा यात्रुलाई समस्या हुने गरेको छ । लमही–तुलसीपुरखण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । जसमा अधिकांश खोला तथा नदीमा पुल निर्माणको काम भइरहे पनि काम भने सन्तोषजनक छैन । पुल निर्माण कतिपय खोलामा ठेकेदारको लापरवाहीका कारण पुलनिर्माणको अवस्था भने लथालिंग रहेको छ ।

पुल निर्माणको सम्झौता भएको वर्षांै बितिसक्दासमेत अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन नसक्दा आफूहरुले यात्राको क्रममा निकै सास्ती खेप्नुपरेको स्थानीय करवीर पुनले बताउनुभयो । जसले गर्दा वर्षायाममा जनताले सास्ती बेहोर्नुपरेको छ । पुल निर्माण भइरहेका खोलामा भरपर्दो डाइभर्सन नहुँदा वर्षात्को समयमा यातायात सञ्चालनमासमेत समस्या हुने गरेको छ । खोलामा भरपर्दो डाइभर्सन नहँुदा खाल्डाखुल्डी हुने र सवारी साधन चलाउँदा समस्या हुने गरेको छ ।