‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा उजुरी

357

कार्तिक ४,
काठमाडौं । मिडिया हबले नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी गरेको छ । मिडिया हबले अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) लाई ‘भद्रगोल’कै क्यारेक्टरहरु नक्कल गरेको भन्दै कपिराइटको उजुरी हालेको हो । मिडिया हबले भद्रगोलले जन्माएको क्यारेक्टरमा आफुहरुको हक भएका बताएका छन् । उजुरीमा कुनै क्षतिपूर्ति मागदावी नगरेपनि यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

केहि समय अगाडी मिडिया हबसँग असम्झदारी भएपछि भद्रगोल टिमबाट छुटिएर जिग्री र पाँडेले ‘सक्किगोनी’ हाँस्य टेलिश्रृंखला निर्माण गरेका छन् । मिडिया हबले नयाँ पात्र खोजेर भद्रगोल सञ्चालनमा ल्याएका छन् । तर, सक्किगोनी जतिको लोकप्रिय बन्न सकेको छैन । पहिलाको भद्रगोलले बनाएको लोकप्रियता निकै घटेको छ ।