यो बर्षको खसी, बोका र भेडा च्याङ्राको मुल्य कति ?

589

असोज १३,
काठमाडौं । नेपाल खाद्य संस्थानले आजबाट दसैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। संस्थानले अञ्चल कार्यालय थापाथलीबाट बेच्न सुरु गरेको जनाएको छ। ज्युँदो खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ र भेडा, च्याँग्रा प्रतिकिलोको मूल्य ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। यसमा प्रतिकिलो १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।

यस वर्ष संस्थानले ३ हजारको संख्यामा भेडा, च्यांग्रा तथा खसी बिक्रीवितरण गर्ने जनाएको छ। १ हजार ९ सय २० वटा भेडा, च्यांग्रा मनाङबाट ल्याइएको हो भने १ हजारभन्दा बढी खसीबोका मकवानपुरबाट काठमाडौं ल्याइएको संस्थानले जनाएको छ। खाद्य संस्थानले बेच्न लागेका खसी, बोका तथा च्यांग्राहरु किन्दा पशु चिकित्सकले स्वस्थता परिक्षण गरेको र बेच्दा पनि स्वस्थ र मासु खान मिल्नेरनमिल्ने परीक्षण गरेर मात्र बेच्ने खनालले बताए।