‘बादशाह जुट’मा पत्रकारको भुमिकामा सुशिल (ट्रेलरसहित)

341

असोज १३,
काठमाडौं । कार्तिक १५ गते देखि प्रर्दशनमा आउन लागेको सुशिल श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक श्रेष्ठ पत्रकारको भुमिकामा प्रस्तुत भएका छन् । साथै अमिर गौतम प्रहरीको भुमिकामा देखिएका छन् । फिल्मको कथावस्तु यी दुई कलाकारको वरिपरि खुमेको छ । जोनी सिंह राणाको निर्देशन गरेको फिल्ममा सुशिल र अमिर गौतमसंगै रोविन तामाङ, रोजी खड्का, केसीका राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमल मणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ । साथै, नायिका प्रियंका कार्की गीतमा र विशेष भूमिकामा प्रस्तुत भएकी छिन् । हर्क बहादुर कुवर र भोज राज श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मको कथा अविषेक कुमारले तयार पारेका हुन् । राजु कार्कीले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन् । ट्रेलर हेर्नुस् :