Saturday, September 26, 2026
Home अर्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित १३ विमानस्थल फाइदामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित १३ विमानस्थल फाइदामा

88

असोज ३,
काठमाडौं । देशभरका विमानस्थल मध्ये १३ मात्र फाइदामा रहेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३० विमानस्थलमा १३ ओटामात्र आत्मनिर्भर भएका छन्। प्राधिकरणको गएको आर्थिक वर्षको हिसाबअनुसार काठमाडौं विमानस्थलसहित १३ विमानस्थल फाइदामा छन्।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल,नेपालगंज विमानस्थल,पोखरा विमानस्थल,विराटनगर विमानस्थल, सिमरा विमानस्थल र चन्द्रगढी विमानस्थल फाइदामा छन्।

त्यस्तै जनकपुर,भरतपुर,जोमसोम, धनगढी,सिमिकोट र लुक्ला विमानस्थलमात्र फाइदामा छन्। उडानका हिसाबले व्यस्त हुने केही विमानस्थल पनि घाटामा छन्। डोल्पा, जुम्ला तथा तुम्लिङटारजस्ता विमानस्थल घाटामा छन्।