Friday, September 25, 2026
Home मनोरन्जन अव शाहिदको पारिश्रमिक ३५ करोड र मुनाफाको २० प्रतिशत पनि चाहिने

अव शाहिदको पारिश्रमिक ३५ करोड र मुनाफाको २० प्रतिशत पनि चाहिने

140

एजेन्सी, असोज ३,
मुम्बई ।’कबीर सिंह’को लोभलाग्दा कीर्तिमानी सफलतापछि अभिनेता शाहिद कपुरले कुन नयाँ सिनेमा गर्दैछन् भन्ने बारेमा हालसम्म कुनै ठोस समाचार बाहिरिएको छैन्। केहि समय पहिले उनले दक्षिण भारतीय अभिनेता नानीको सुपरहिट सिनेमा ुजर्सीुमा अभिनय गर्ने कुरा बाहिरिएको थियो। ठोस खबर नबाहिरिएपनि शाहिद यसै सिनेमाको तयारीमा व्यस्त रहेको बताइन्छ। यस सिनेमालाई अमन गिल, अल्लु अर्जुन तथा निर्माता दिल राजु मिलेर निर्माण गर्दैछन्।

यस सिनेमाका लागि शाहिदले ठूलो धनराशीमा पारिश्रमिक लिएको बताइन्छ। निर्मातासँग उनले पारिश्रमिक स्वरूप ३५ करोड भारू र सिनेमाको मुनाफाको २० प्रतिशत लिने सम्झौता भएको जनाइएको छ। नोभेम्बरबाट सिनेमा फ्लोरमा जानेछ। स्पोर्टस ड्रामा जनरामा निर्माण हुने सिनेमामा शाहिदलाई एक क्रिकेट खेलाडीको भूमिकामा देखिनेछ।