Sunday, October 18, 2026
Home साहित्य गजल : भाग्य मेटिन्न

गजल : भाग्य मेटिन्न

256

वीरमणि ढकाल-

पसिना बेचेर उसको खुट्टामा चप्पल रोकिएको हो !
समुन्द्र शान्त भएर नै पृथ्वी धरातल रोकिएको हो !!

कत्ति बुझ्दैन कसैले अनुशासन,महत्त्व कति रहेछ!
तपाईको नम्बर ब्यस्त छ भनेर कल रोकिएको हो!!

कोहि हिमाल पहाड चढ्छन कोहि घोडा चढ्छन!
धुरी चढेर चुम्बकीय आकर्षक बल रोकिएको हो!!

लेखेको मेटिन्छ तर भाग्य मेटिन्न बिश्वास गर्नुहोस्!
कारण,जिन्दगी आजसम्म सकुशल रोकिएको हो !!

खै मर्न सजिलो ठान्छन बास्तबिक जिबन नबुझेर !
धोका पछि मर्न नसकेर प्रेमी पागल रोकिएको हो !!