Sunday, September 27, 2026
Home अर्थ सरकारले गरिबलाई छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउछ : उद्योगमन्त्री यादव

सरकारले गरिबलाई छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउछ : उद्योगमन्त्री यादव

156

भदौ २५,
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको बताए।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए।