व्यक्ति भन्दा पार्टी र पार्टी भन्दा देश सर्वपरि ठानौं : गणेश लामा

1006

भदौ २५,
काठमाडौं । नेपाली कांग्रेसका यूवा नेता गणेश लामाले राजनीति गर्ने व्यक्तिले आफु भन्दा देश र पार्टीको हितलाई सवौपरी ठान्न्ु पर्ने वताएका छन् । दोलखा जिल्ला प्रदेश स्तरीय जनजागरण अभियानको केन्द्रिय प्रतिनिधिको रुपमा नेपाली कांगे्रस दोलखा जिल्ला कार्यलयमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता लामाले भने देश र पार्टी नै कमजो रहयो भने एउटा व्यक्ति वा नेता बलियो हुनुको के अर्थ रहन्छ । पार्टी भित्र एकले अर्कोलाई सम्मान र सहयोग गर्दै भावनात्मक एकताको आवश्यकतामा जोड दिए । गत १३ औं महाधिवशेन, स्थानीय निर्वाचन, प्रदेश र संघको जिर्वाचनमा भएका आन्तरीक प्रतिस्पर्धालाई स्वभाविक ठानेर पार्टीलाई आगामी दिनमा एक ढिक्का वनाएर लैजाने समेत आग्रह गरे ।

दोलखा जिल्लामा जागरणको समयमा मात्र नभै आवश्इक पर्दा जुन सुकै समयमा पनि पार्टी संगठनको लागि समय दिन आफु तयार रहेका स्पष्ट पारे । गत संसदीय निर्वाचन अघि दुई ठुला कमयूनिष्ट पार्टीले गठबन्धन गरे पछि लोकतान्त्रिक व्यवस्था माथि पर्न सक्ने सम्मावित खतराको आँकलन गरेर तत्कालिन लोकतान्त्रिक फोरमले पार्टी र आफ्नो हित भन्दा देशको हितकोे लागि पार्टी एकता गरेको स्मरण समेत गरे । उनले भने ”सरकार दिनानुदिन आलोकप्रिय बन्दै गएको छ, जनताको अभिमतलाई अपमान गरेको छ, संस्थागत भ्रष्टाचार मौलाएको छ , यस्ता विषयको जानकारी जनस्तर सम्म पुर्याउन पनि यो जागरण अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

त्यसैगरी प्रदेह निर्वाचन क्षेत्र ख का केन्द्रिय प्रतिभिधि रामचन्द्र खड्काले विपी कोइरालाको १०६ औं जन्म जयन्तीको सन्र्दभमा भएको उक्त कार्यक्रममा विपी कोइरालाको वहुआयमिक व्यत्विको चर्चा गर्दै विपीका विचार आज पनि उतिकै सान्दर्भिक भएको वताए । विपिले त्यतिवेलाको समाजको आवश्यकताको आधारमा भन्नु भएको विषयलाई आजको आवश्यकता सँग जोडेर हर्दा पनि जनताको आवश्यकता प्रति न्यायोचित वितरण, वाक स्वतन्त्रा र मानवअधिकारको रक्षा नै मुल विषय रहेकाले विचार व्यक्त गरे ।

कार्यक्रममा दोलखा जिल्ला सभापति रुद्र वहादुर खड्काले पहिलो जागरण अभियान दोलखामा भव्यरुपमा सफल भए जस्तै दोस्रो चरढाको कार्यक्रम पनि भव्य र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सवैलाई कार्यक्रममा जुट्न आहान गरे ।