Wednesday, October 14, 2026
Home अर्थ घट्याे सुनको मूल्य

घट्याे सुनको मूल्य

41

काठमाडौँ । आज साताकाे अन्तिम काराेबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९९ हजार ९०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो। शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ १३ सय ८० रुपैयाँ कायम रहेको थियो।