Friday, October 16, 2026
Home समाचार स्वास्थ्य जाँच गराउन टिचिङ अस्पतालमा प्रधानमन्त्री

स्वास्थ्य जाँच गराउन टिचिङ अस्पतालमा प्रधानमन्त्री

101
फाइल तस्बिर

भदौ २५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली मुटको स्वास्थ्य जाँच गर्न त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् ।

गत वर्ष पनि प्रधानमन्त्री ओलीले त्यहाँ भर्ना भएर मुटुको उपचार गराएका थिए । त्यसकै फलोअपका लागि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।