युवतीहरूलाई प्रेम टिप्स

136

एजेन्सी, साउन ५,
काठमाडौं । धेरैजसो युवक अनावश्यक खर्च नगर्ने खालका हुन्छन् । त्यसैले अनावश्यक खर्च गर्ने युवती उनीहरूलाई मन नपर्न सक्छिन् । तपाईंले कुनै केटालाई मन पराउनुभएको छ भने उसको अघि धेरै महत्वाकांक्षी व्यवहार नगर्नुहोस् ।

सहयोगी भावना राख्ने

दया, माया र सहयोगी भावना भएकी युवती सबैलाई मन पर्छिन् । यसले कठोर मन भएको केटाको समेत मन पगाल्न सक्छ । त्यसैले आफूलाई मन परेको कुनै केटा छ भने उसलाई आजैदेखि सहयोग गर्न थाल्नुहोस् ।

समान व्यवहार गर्ने

कतिपय केटीहरू कुरा एकथरी तर व्यवहार अर्को गर्छन् । यसबाट केटाको विश्वास जित्न सकिँदैन । बोली र व्यवहार समान भयो, मात्र प्रेम दिगो हुन्छ ।

झुट नबोल्ने

झूट बोलेको कसलाई पो मनपर्छ र ? यदि झूटो बोलेर कुनै केटालाई प्रेममा पार्छु भन्ने चाहेको हो भने त्यो प्रयास असफल हुन्छ । यदि साँचो बोलेर प्रेममा पार्न सकियो भने त्यो प्रेम अमर हुन्छ । कुनै केटालाई आफ्नो प्रेममा पार्नु छ भने झूट बोल्दै नबोल्नुहोस् ।

उपहार दिनुहोस्

आफूलाई मन परेको केटालाई बेलाबेलामा केही न केही गिफ्ट दिनुहोस् । यसले उसको मन जित्न थप सहज बनाउनेछ । आफूले विश्वास गरेको केटासँग घुम्न जाने योजना बनाउनुहोस् । यसबाट पनि आफूलाई मन परेको युवक आफूप्रति आकर्षित हुन्छ ।