Sunday, September 27, 2026
Home समाचार अदालतको आदेशपछि पनि किन प्रहरी नियन्त्रणमै रवि, युवराज र अस्मीता ?

अदालतको आदेशपछि पनि किन प्रहरी नियन्त्रणमै रवि, युवराज र अस्मीता ?

218

भदौं ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनलाई आत्महत्या गर्न दुरुत्साहन मुद्दाका अभियुक्तहरू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेल अझै पनि प्रहरी नियन्त्रणमै रहेका छन् । जिल्ला अदालत चितवनले रविलाई पाँच लाख र युवराजलाई तीन लाख धरौटीमा छोड्न आदेश दिए पनि उनीहरूको अदालती प्रक्रिया पूरा नभएकाले दुवैजना प्रहरी नियन्त्रणमा नै छन् । रवि र युवराजले धरौटी बुझाउनुपर्ने पक्रिया पूरा भइनसकेको चितवन प्रहरीले जानकारी दिएको छ।

उनीहरू धरौटी बुझाउने पक्रियामा लागेका छन। सबै प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरू आजै छुट्ने छन्। उक्त मुद्दाकी अभियुक्त रुकु भनिने अस्मिता कार्की पनि प्रहरी नियन्त्रणमा नै छिन् । स्वास्थ्य परीक्षणपछि मात्रै उनलाई परिवारको जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । अभियुक्तद्वय रवि र युवराजको अदालतको धरौटी प्रक्रिया पूरा भएपछि स्वास्थ्य परीक्षण हुनेछ। रविले भने आफ्नो स्वास्थ्य परीक्षण गर्नुको कुनै औचित्य नभएको प्रहरीलाई बताएका थिए । प्रहरीले भने कानुनी प्रक्रिया भएकाले रविले नमानेपनि स्वास्थ्य परीक्षण गरिने जवाफ दिएको थियो । तीनैजनाको स्वास्थ्य परीक्षणपछि काठमाडौं ल्याएर छोड्ने कि चितवनमै भन्नेबारे चितवन प्रहरीले निर्णय गर्नेछ। तीनैजनालाई काठमाडौंबाट गत साउन ३० गते पक्राउ गरेर चितवन लगिएको थियो । तीनैजना ११ दिन प्रहरी र न्यायीक हिरासतमा रहेका थिए । -thahakhabar