७ बर्षपछि सत्ताामा

182
:jf:Yo dGqfnodf cfh kbaxfnLsf ug'{x'Fb} gjlgo'Qm pkk|wfgdGqL tyf :jf:Yo tyf hg;+VofdGqL pk]Gb| ofbj . t:jL/ M /f]zg ;fksf]6f, /f;;

जेठ १९,
काठमाडौं । सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । २०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ ।यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् । यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री र राई एक पटक श्रममन्त्री भएका थिए । फोरमको संलग्नतासँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।