भदौ १३,
काठमाडौ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार प्रतितोला ७३ हजार ४ सय पुगेको सुनको मूल्य शुक्रबार घटेको छ। नचाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ भएको छ। यो बिहीबारको तुलनामा १० रुपैयाँ कम भएको हो।